त्रिदेशीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । 

क्यानले शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलार र मलेसियाका कप्तान फैज अहमदले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे । 

स्वरोभ्सकी मणि जडित उक्त ट्रफी जर्मनीमा निर्माण गरिएको क्यानले जनाएको छ । 

क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले पूर्णरूपमा कोरोना प्रोटोकल अपनाएर प्रतियोगिता आयोजना गरिने बताए ।

उनले कोरोनालाई मध्य नजर गर्दै सीमित दर्शकलाई प्रवेश गराइने भए पनि हालसम्म सरकारी निकायबाट कुनै निर्देशन नआएकाले कति संख्यामा हो भन्ने यकिन नभइसकेको जानकारी दिए ।

प्रतियोगिता वैशाख ४ देखि ११ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ ।



नेपाल नेदरल्यान्ड्स र मलेसिया सम्मिलित यो प्रतियोगिता डवल राउन्ड रोविनका आधारमा सञ्चालन हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड भिड्ने छन् ।
 



  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १६:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया