कर तिर्न सडक नाटक

काठमाडौं नगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक सुरु गरेको छ ।

‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ सुरु गरेको हो ।

महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँ बानेश्वर लगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो । शुक्रबार वसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक भएको छ । सडक नाटक मार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ ।  

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतः स्फुर्त रुपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको बताए । कानुनमा करसम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडक नाटक गरिएको पनि उनले बताए । 

महानगरपालिकाले पहिलो पटक सडक नाटकमार्फत करसम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने बताए । नाटकमार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १६:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया