सरकारको समर्थन फिर्ता लिने निर्णयलाई सहज रूपमा लियौँ : यामलाल कंडेल

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई सहज रूपमा लिन आग्रह गरेका छन् । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट आफ्नो धारणा राख्दै कँडेलले यस्तो बताएका हुन् ।

‘हिजो दल एक हुँदा हामीले स्थिरतालाई हेरेर सरकारलाई समर्थन दिएका थियौँ,’ उनले भने, ‘सरकारलाई रचनात्मक आलोचना गरेरै भए पनि समर्थन, सुधारका प्रयासहरू गरेका थियौँ । तर, अब दल नै फरक–फरक अवस्थामा पुगेपछि एमाले समर्थन फिर्ता लिन अवस्थामा पुगेको छ । यसलाई सबैले सहज रूपमा लियौँ ।’

साथै उनले अबका दिनमा पार्टीगत रूपमा दलीय सम्बन्ध, कर्णालीका विषयमा साझा एजेन्डा बनाउने कुरामा आफूहरू सहमत भएको बताए । उनले एमालेभित्र केही समस्याहरू भए पनि दलगत रूपमा एमाले एकताबद्ध भएर अघि बढेको बताए । 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १७:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया