कर्णाली फ्लोर क्रस गर्ने एमालेका पाँच सांसदलाई निलम्बन गरिँदै

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिएका पाँचजना सांसदलाई नेकपा एमालेका कारबाही गर्ने भएको छ। शाही नेतृत्वको सरकारलाई बचाउने पक्षमा मतदान गरेका प्रकाश ज्वालासहितका सांसदहरुलाई एमालेले कारबाहीका लागि  संसदीय दलको आकस्मिक बैठक डाकेको छ।

संसदीय दलको आकस्मिक बैठकले ह्विप उलंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने  प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई कारबाही सिफारिस गर्ने भएको छ।

दलको ह्वीप उल्लंघन गर्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएपछि सांसद पदबाट निलम्बन तयारी भएको हो। प्रदेश सभामा मतदानका क्रममा पूर्व आर्थिक मामिला मन्त्री ज्वालासहित पाँच सांसदले फ्लोर क्रस गरेका थिए।

एमालेका यी सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकारको आयु लम्बिएको छ। आजै एमाले सांसद देवी ओलीले विश्वासको मतको पक्षमा उभिएर पनि फिर्ता गरेकी छन्। शाहीको पक्षमा बहुमत जुटेको थाहा पाएपछि उने आफ्नो मत सच्याइन्।

कर्णालीमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय ९ जना सांसद थिए। जसमा शाहीलाई बहुमत आवश्यक चारजना सांसदहरुले फ्लोर क्रस गरेका हुन्। शाहीलाई २० मत आवश्यक थियो। तर माओवादीका १२ र कांग्रेसका ६ सहित १८ मत मात्रै थियो।  यस्तोमा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर उनको कुर्सी जोगाइदिएका हुन्।  शाहीको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत मात्रै परेको थियो। 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १८:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया