कर्णालीमा एमालेका प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले झस्किएका छन् । उनले शुक्रबार साँझ फेसबुकमा लेख्दै कर्णालीको उदाहरण दिएर समानान्तर गतिविधि पार्टीका घातक रहेको बताएका हुन् ।
‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निःशर्त पार्टी काममा जुटौँ’ पोखरेलले भनेका छन् । कर्णालीको जस्तो घटना हुन नदिने पार्टी काममा जुटौँ भनेर भन्न खोजेको के हो ? भन्ने कुरा कुरा उनको अभिव्यक्तिबाट खुल्दैन ।
पोखरेलविरुद्ध पनि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि उनले रातारात प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए ।
समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौ ।
Posted by Shankar Pokhrel on Friday, April 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।