विराट गोल्डकपको उपाधि भिडन्त आज

विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । मोरङको विराटनगरमा जारी विराट गोल्डकप फुटबलको उपाधि भिडन्त आज हुन लागेको हो । 

गोल्डकपको उपाधिका लागि विभागीय टोली एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब आमनेसामने हुँदै छन् । शहीद रंगशाला विराटनगरमा फाइनल खेल साँझ साढे ६ बजेपछि सुरु हुने छ ।

फाइनलसम्मको यात्रा तय गर्दा अन्तिम चारको खेलमा एपिएफले आयोजक विराटनगरलाई हराएको थियो । पञ्जाब पुलिसले आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई हराउँदै एपिएफसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रतियोगितामा भारतका ३, एउटा अफ्रिकन टोली र ६ वटा नेपाली क्लबको सहभागिता रहेको थियो । उपाधि विजेताले १५ लाख १५ हजार तथा उपविजेता टोलीले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ ।





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार ९:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया