कोरोना जोखिमका कारण इनरुवामा विद्यालयसमेत बन्द
सांकेतिक तस्बिर

सुनसरीको इनरुवा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख राजन मेहताले सार्वजनिक सूचनामार्फत विद्यालय तथा सभा समारोह बन्द गर्न भनेका हुन् । 

सुनसरी जिल्लाका सरोकारवालाहरुको छलफलबाट निष्कर्ष निकालेर विद्यालय बन्द गराउने निर्णय गरेको प्रमुख मेहताले सूचनामा उल्लेख गरेका छन् । कोरोना संक्रमणको जोखिम निकै बढेकाले विद्यालय बन्द गर्नुपरेको उनले उल्लेख गरेका छन् । 

विद्यालयसँगै नगरपालिकाले सभा समारोह, सम्मेलन, मेला तथा जात्राहरुमा पनि बन्देज लगाएको छ । नगरपालिकाले कोरोना जोखिम कम गर्नका लागि नगरपालिकाले निर्णयमा सघाउनका लागि स्थानीयलाई आग्रहसमेत गरेको छ । 

कोरोना जोखिम कम गराउनका लागि नगरपालिकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नका लागि आग्रह पनि गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार ९:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया