गायक चौलागाईंको ‘घुरघुर’मा कमाउन हिँडेको युवाको कथा

गायक युवराज चौलागाईं नयाँ गीतका साथमा बजारमा आएका छन् । उनको स्वरमा पछिल्लो समय ‘घुरघुर’ बोलको गीत सार्वजनिक भएको हो । गायक युवराजकै संगीत रहेको उक्त गीत कौशिला खनाल कर्माचार्यले लेखेकी हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा वैदेशिक रोजगारीका लागि गाउँ छाडेका युवाको कथा देखाइएको छ । गीतको म्युजिक भिडियोमा गायक चौलागाईंले नै अभिनय गरेका छन् । म्युजिक भिडियो तथा गीत राम्रो बनाउन आफूहरुले सक्दो मिहिनेत गरेको गायक चौलागाईंले बताएका छन् ।

गीतको म्युजिक भिडियोमा गायक चौलागाईंका साथमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियो सम्पादन विकास धमलाले गरेका छन् ।

 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १३:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया