अक्सिजन सक्किएर कोभिड बिरामी छटपटाउन थाले, अक्सिजनको व्यवस्था गर्दागर्दै १२ को मृत्यु

भारतमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको छ । दिनहुँ थपिने थपिने संक्रमितको संख्या २ लाख भन्दा बढी छ । अस्पतालमा संक्रमितको चाप उच्च छ । मृत्यु हुनेको संख्या पनि उच्च छ । भारतमा संक्रमण उच्च गतिमा फैलिएको राज्य मध्येमा  पर्छ मध्यप्रदेश । मध्य प्रदेशको एक अस्पतालमा समयमै अक्सिजन नपाउँदै १२ जना संक्रमितका मृत्यु भएको छ । 

मध्य प्रदेशको शहडोल मेडिकल कलेज अस्पतालमा उपचाररत संक्रमित बिरामीको अक्सिजन नपाएर गएराति मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । 

शनिबार राति करिब १२ बजेको सयममा यस्तो घटना भएको हो । अस्पतालमा रहेका कोभिड बिरामीहरुलाई जोडेको अक्सिजन सकिएपछि छट्पटाउन थाले । बिरामीको चापका कारण अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव थियो । बिरामी छलपटाउँन थालेपछि अस्पतालमा  अक्सिजनको व्यवस्थाका लागि दौडधुप हुन थाल्यो।

तर अक्सिजनको व्यवस्था गरिरहेकै अवस्थामा पहिले ६ र केही समयपछि ६ जना संक्रमितको मृत्यु भएको  अस्पतालले पुष्टि गरेको छ । त्यसभन्दा अगाडि नै त्यसै अस्पतालमा उपचाररत १० संक्रमितको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १३:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया