कांग्रेस सांसद शाहीले गरे प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त सरकारी गाडी फिर्ता गरेका छन् । प्रदेश संसद सचिवालयले शाहीलाई लु१झ ४२६ नम्बरको गाडी दिएको थियो । शाहीले आइतबार संसद सचिवालयका कर्मचारीमार्फत् गाडी फिर्ता गरेका हुन् ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई शुक्रबार कांग्रेसले विश्वासको मत दिएको थियो । ‘अब हामी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष रहेनौँ,’ कांग्रेस संसदीय दलका नेता शाहीले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले प्राप्त गाडीलगायतका सबै सुविधाहरू फिर्ता गरेको छु ।’

सरकारलाई विश्वासको मत दिइसकेपछि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सरकारी सुविधा उपभोग गर्नु राम्रो नभएको उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १६:७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया