विद्यार्थीले नै लगाए विद्यालयमा ताला

बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ जयवागेश्वरीमा अवस्थित देवस्थली माविमा तालाबन्दी गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आइतबार ताला बन्दी गरेका हुन् । विद्यालयको वार्षिक परीक्षा नजिक आउँदा पनि जनसंख्या विषयको शिक्षक नभएको र विद्यालयमा भएका शिक्षकहरूले नियमित रूपमा राम्ररी नपढाउने गरेकाले विद्यालयमा ताला लगाएको कक्षा १० मा अध्ययनरत छात्रा सानुकुमारी शाहीले जानकारी दिइन् ।

उनका अनुसार विद्यालयमा भवन नहुँदा खुला चौरमा पढ्नुपर्ने बाध्यता रहेको र खेलकुद आयोजना गर्दा समेत खेल मैदान अभावले खेलका कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।

विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पटक-पटक उक्त विषयमा जानकारी र माग पूरा गर्नभन्दा पनि बेवास्ता गरेपछि बाध्य भएर ताला लगाएको शाहीले बताइन् ।

विद्यार्थीहरूको पढाइमा खेलबाड गर्न थालेपछि यस्ता कार्य नगर्न गरिएको आग्रहमा सुनुवाइ नभएकाले ताला लगाउनु पर्ने परिस्थिति आएको विद्यार्थीहरूको गुनासो छ ।

जनसंख्याको शिक्षक सरुवा भएर गए पनि अर्को शिक्षक नआएकाले पढाइमा बाधा भएको विद्यार्थीहरूको भनाइ छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर कटुवालको विद्यालयमा पठन-पाठन सुचारु गरेको र विद्यालयमा एक जना जनसंख्या विषयको शिक्षक सरुवा भएपछि त्यो विषय खाली रहेको बताए ।



उनले जनसंख्या विषयको शिक्षक नआउँदासम्म अर्को शिक्षकले पढाउने गरेको प्रअ कटुवालेले बताए । प्रअ कटुवालले राजनीति पूर्वाग्रहले विद्यार्थीहरूलाई गाउँमा उक्साएर विद्यालयमा ताला लगाउन लगाएको आरोप लगाए । बाजुरा जिल्लामा विद्यालयमा शिक्षक राख्ने विषयलाई लिएर विवाद हुने गरेको छ । विद्यालयमा शिक्षक राख्दा आफू निकट राजनीतिक आस्थावान भएको व्यक्तिलाई मात्र राख्ने गरेका छन् ।



  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १६:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया