एमसिसीबारे प्रधानमन्त्रीलाई सभामुखको जवाफ : घेराबन्दी नगर्नू, म रोकिनेवाला छैन

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्‍ठालाई कसैले तोड्न नसक्ने बताएका छन्। 

काठमाडौंमा आइतबार भएको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए। 

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसिसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए। त्यसबारेमा प्रधानमन्त्रीको नाम नलिइ उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसिसीसम्बन्धी विधेयकको प्रसङ्ग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए। 'कसैले काम गर्न अवरोध गरे रोक्न खोजे पनि म रोकिनेवाला छैन', उनले भने।

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए। खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने बताए।

संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए। संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि उनले बताए। अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए। यसरी भ्रममा पारेर सधैँ कसैलाई बसमा पार्न नसकिने पनि उनले जिकिर गरे।



संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसी शब्दको उच्चारण नगरी स्पष्टिकरण दिएका हुन्। 



  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १८:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया