आइपिएल : म्याक्सवेल र डिभिलियर्सको उत्कृष्ट प्रदर्शनमा बैंग्लोर विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो । 

२०५ रनको लक्ष्य पछ्याएको कोलकाताले सबै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । 

उसका लागि आन्द्र रसेलले सर्वाधिक ३१ रनको योगदान दिए । २०औँ ओभरमा पहिलो बलमा हर्षल पटेलले बोल्ड गराउनुअघि उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । 

साकिब अल हसनले २६, कप्तान इयन मोर्गनले २९, साकिब अल हसनले २६ र राहुल त्रिपाठीले २५ रनको योगदान दिए । 

बैंग्लोरका काइल जेमिसनले ३, युजवेन्दर चहल र हर्षल पटेलले समान २–२ विकेट लिँदा वासिंग्टन सुन्दरले १ विकेट हात पारे ।

चेन्नईमा टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो । 



बैंग्लोरका ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सले उत्कृष्ट पारी खेले । 

१७औँ ओभरमा प्याट कमिन्सले हरभजन सिंहबाट क्याच गराउनुअघि म्याक्सवेलले ४९ बलको सामना गर्दै ९ चौका र ३ छक्काको मद्दतले ७८ रन प्रहार गरे ।



 ७६ रनमा अविजित रहेका डिभिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । देवदत्त पडिकलले २५ रनको योेगदान दिँदा काइल जेमिसनले अविजित ११ रन बनाए । 

कोलकाताका वरुण चक्रवर्तीले २, प्याट कमिन्स र प्रसिद्ध कृष्णाले समान १—१ विकेट लिए । 

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १९:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया