एमसिसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको चासो

संसदीय समितिमा एमसिसीबारे सांसदहरुले चासो राखेका छन् । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसिसीबारे सांसदलाई स्पष्ट पार्न माग गरेका छन् । 

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले)का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमति, सम्झौताबारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । 

विगतमा गरिएका सन्धि–सम्झौताले नेपाललाई दूरगामी असर गर्ने भएकाले सचेत रहन उनीहरुले सुझाब दिएका छन् । नेकपा (एमाले)का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धि, सम्झौतामा झन् सावधानी अपनाउनुपर्ने बताए । 

यस्तै, बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीबारे स्पष्ट जवाफ नदिए पनि सन्धि, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए । 

समितिले नेपालको परराष्ट्र नीतिबारे सबै पक्षसँग शृङ्खलाबद्ध छलफल गर्ने भएको छ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १९:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया