धरहरा पुननिर्माण अन्तिम चरणमा, शिक्षामन्त्रीले गरे अवलोकन

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही वैशाख ११ गते धरहराको उद्घाटन गरिँदै छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । 

त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गरेका छन् । सो क्रममा उनले वैशाख १० गतेभित्र धरहरा स्तम्भभित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशनसमेत दिए । 

प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । तर, केही फिनिसिङको काम बाँकी रहेको र अबको ५ दिनभित्रमा सबै सम्पन्न भइसक्ने पनि उनले बताए । 

अहिले रङरोगन गर्ने, बत्ती जडान गर्नेलगायतका काम धमाधम भइरहेको छ । उनले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताए । 

धरहरा स्तम्भसँगै कार पार्किङस्थल, उद्यान, म्युजियमलगायत संरचना बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताए । 



विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन् । धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुनेछन् । धरहराको २०औँ तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ । धरहराको कुल उचाइ २ सय ४५ फिट रहेको छ ।



  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार २०:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया