हरिद्वारबाट फर्किए पूर्वराजा शाह, विमानस्थलमा समर्थकको भिड (भिडियाे)

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् ।

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएका हुन् । उनको स्वागतमा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानरलगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थक विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट बाहिरिएलगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’लगायतका नारासमेत लगाएका थिए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार २०:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया