सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा दैनिक पूर्ण क्षमतामा पानी उपलब्ध गराउन थालेको छ। मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा सोमबारदेखि दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालेको हो।
मेलम्ची खानेपानी विकास समितिका अनुसार सोमबारदेखि सुन्दरीजलमा निर्मित दुवै पानी प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन आएका हुन्। सुन्दरीजलका पानी प्रशोधन केन्द्र पूर्ण क्षमतामा आएसँगै उपत्यकाको वितरण प्रणालीमा प्रतिदिन १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको हो।
यो पानी पथान्तरण पश्चात पनि मेलम्ची नदीमा १ हजार १ सय लिटर प्रतिसेकेण्ड पानी उपलब्ध रहेको विकास समितिले जनाएको छ। मेलम्चीको पानी वितरण थालिएसँगै उपत्यकामा ट्यांकरबाट पानी वितरण पनि विस्तारै विस्थापित हुँदै गएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।