‘उषाको किरण’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई लेखेका हुन् । गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।
अस्ट्रेलियामा विभिन्न सुन्दर ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् ।
सुदीप विष्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । हाइलाइट्स नेपालमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।