सुजाता बर्माको ‘मिठो धोका’

गायिका सुजता बर्माको नयाँ गीत सार्वजनिक भएको छ । उनको स्वरमा ‘मिठो धोका’ बोलको गीत सार्वजनिक भएको हो ।  गीत हीराकाजी थापाले लेखेका हुन् । नागेन्द्र श्रेष्ठले संगीत गरेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशन गीतकार थापाले नै गरेका छन् ।  उत्तम हुमागाईँले छायांकन गरेको म्युजिक भिडियोमा गौरव गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ । 

म्युजिक भिडियोमा भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरले अभिनय गरेका छन् ।

 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १७:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया