प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु, ९३ जना संक्रमित

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ९३ जना संक्रमित थपिएका छन् ।

आज मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुष रहेका छन् । उनको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

९ दिनअघि अस्पताल भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ । उनी श्वासप्रश्वासको समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त थिए ।

त्यस्तै, यस प्रदेशमा आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज, गौर अस्पताल रौतहट र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्सामा ५९, बारामा १४, रौतहटमा ६, धनुषामा ३, महोत्तरीमा ३, सर्लाहीमा ३ र सप्तरीमा ३ जना संक्रमित थपिएका छन् ।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ७८२ पुगेको छ । आज संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

सप्तरीमा २५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १५ गरी प्रदेशभरिमा रहेको ५०६ बेड क्षमताका आइसोलेसनमा पर्सामा मात्रै १५ जना भर्ना रहेका छन् । महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् । 



यस प्रदेशमा सप्तरीमा ६, सिरहामा ९, धनुषामा ४८, महोत्तरीमा २३, सर्लाहीमा ७, रौतहटमा ३१, बारामा ८० र पर्सामा ३५० जना गरी जम्मा ५५४ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा अहिले कुनै पनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइनहरु समेत खाली छन् ।

प्रदेशभरिमा मंगलबारसम्म सप्तरीमा २१ हजार २६५, सिरहामा १२ हजार ५६०, धनुषामा २२ हजार १३०, महोत्तरीमा ९ हजार ५०, सर्लाहीमा १४ हजार ५०९, रौतहटमा २४ हजार ४०६, बारामा १२ हजार ६१० र पर्सामा ३२ हजार ३६३ गरी जम्मा १ लाख ४८ हजार ८९३ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार ७८२ जना संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।



धनुषाका ४६ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज सप्तरीमा १५, धनुषामा ४६, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६, बारामा १४ र पर्सामा १२७ गरी जम्मा २१४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार ६६५ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ७१२, रौतहटमा २ हजार २०३, सर्लाहीमा २ हजार ५४, महोत्तरीमा १ हजार ८४९, सप्तरीमा १ हजार ८८५, बारामा १ हजार ७९४ र सिरहामा १ हजार ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १६ हजार ९९८ जना निको भई घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३७ पुरुष र २ हजार ९६१ महिला छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ सय ६९ रहेको निर्देशनालयले जनाएको छ । 

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४२ महिला र १७३ पुरुष गरी २१५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५६, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १९:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया