नयाँ वर्षमा सुबिसुको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अभियान
अब एक लाख सम्मको  स्वास्थ बिमा निःशुल्क

 सुबिसु केबल नेट प्रालिले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ ल्याएको छ। जसमा ग्राहकहरुले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ विमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट  तथा इन्टरनेट  र क्लियर टिभी नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने भएको हो। यो २० एमबीपीएस भन्दा माथिको ब्यान्डविथमा लागु हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले स्वास्थ बिमाका लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ । यस अफर अन्तर्गत ग्राहकले नेपाल र भारतमा उपचारका क्रममा  एक लाखसम्मको स्वास्थ्य बिमा प्राप्त गर्नेछन्। 

आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीले लिएको छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार ११:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया