आइसिसी टि-२० वरियता : कुशल पहिलोपटक समावेश, सन्दीपले सुधार गर्दा पारस खस्किए

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार निकालेको नयाँ टि–२० वरियतामा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल पहिलोपटक समावेश भएका छन् ।
 
त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुशल ३५९ रेटिङ प्वाइन्टका साथ ब्याटिङतर्फ ९३औँ स्थानमा छन् । 

उनले सिरिजमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए । कुशलले टि-२० डेब्यू खेलमा नेदरल्यान्ड विरुद्ध ६२, दोस्रो खेलमा मलेसिया विरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड विरुद्ध ६२ रन बनाएका थिए ।

कुशल आफ्नो टि–२० करियरको सुरुवाती ३ खेलमा अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी हुन् । पारस खड्का ब्याटिङतर्फ १० स्थान खस्कँदै ८३औँ स्थानमा पुगेका छन् । उनको रेटिङ प्वाइन्ट ३७६ छ । 

बलिङतर्फ सन्दीप लामिछाने ७ स्थान सुधार गर्दै ७७औँ स्थामा उक्लिएका छन् । सन्दीपले ४०४ रेटिङ प्वाइन्ट पाएका छन् ।  

ब्याटिङतर्फ इङ्ल्यान्डका डेविड मलान, बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शाम्सी र अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नावी शीर्ष स्थानमा छन् ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १५:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया