सर्वोच्च शिखरमा पनि पुग्यो कोरोना भाइरस !

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि पुगेको छ । सगरमाथा आरोहीमा कोरोना संक्रमण पुष्टि भएसँगै सर्वोच्च शिखरमा कोरोना पुगेको बिबिसीले दाबी गरेको छ । 

सगरमाथा आरोहण गर्ने कम्तिमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले लेखेको छ । एक वर्षभन्दा बढी समय बन्द रहेर आरोहण खुलेको केही सातामै सगरमाथामा कोरोना भाइरस पुगेको समाचारमा दाबी गरिएको छ । 

हालसालै सगरमाथा आरोहण गरेकी नर्वेका एर्लेण्ड नेसले आफू कोरोना पोजेटिभ भएको बिबिसीलाई बताएका समाचारमा उल्लेख छ । उनी ८ रातदेखि अस्पतालमा आइसोलेटेड रहेका पनि बिबिसीले जनाएको छ । 

नेसले आफ्नो टोलीमा रहेका शेर्पालाई पनि कोरोना संक्रमण पुष्टि भएको बताएका समाचारमा उल्लेख छ । यससँगै, आरोहणसँग जोडिएका नेपाली र सरकारले ठूलो आर्थिक घाटा ब्यहोर्न सक्ने पनि समाचारमा उल्लेख छ । 

बिबिसीसँगको कुराकानीमा नेसले आफूमा भाइरसको संक्रमण कहाँ भएको भन्ने एकिन नभएको बताएका छन् । उनले खुम्बु भ्यालीमा कफी खाने क्रममा आफूमा भाइरस सरेको हुनसक्ने बताएका छन् । 

अहिलेको सिजनमा सगरमाथा आरोहणका लागि सयौँ विदेशी काठमाडौंमा आइसकेका छन् । उनीहरुले आरोहणको स्वीकृति लिएपछि नेपाल आइपुगेका हुन् । 



नेपालले सगरमाथा आरोहणको स्वीकृति दिएवापत हरेक वर्ष करिब ४ मिलियन डलर आम्दानी गर्दै आएको छ । 



  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १२:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया