एमालेकाे विपक्षमा उभियो जनमोर्चा, प्रदेशमा विश्वासको मत नदिने
फाइल तस्बिर

प्रदेश सरकारमा निर्णायक जस्तै देखिएको दल राष्ट्रिय जनमोर्चाले एमालेको नेतृत्वको रहेका प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

जनमोर्चाको शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गण्डकी र लुम्बिनीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सचिवालय बैठकले गण्डकी र लुम्बिनीमा सरकारको विरुद्धमा आएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पनि निर्णय गरेको छ । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी विज्ञप्तिमा अविश्वासको पक्षमा लाग्न प्रदेश संसदीय दललाई निर्देशन दिइएको उल्लेख छ । 

केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १२:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया