एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन प्रदेश २ सरकारको निर्देशन

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश २ सरकारले एक ठाउँमा २५ जनाभन्दा बढी मानिस जम्मा हुन रोक लगाएको छ । प्रदेशमा आज बसेको सर्वदलीय बैठकले सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र पनि गठन गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले आज बिहान सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका छन् । 

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्‍वर साह, प्रदेशसभा सदस्य राम अशिष यादव रहेका छन् । 

बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाई गर्दै रोक लगाउने निर्णयसमेत गरेको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १२:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया