बाबुरामको कटाक्ष : 'बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि व्यङ्ग्य गरेका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको आन्दोलनको समयमा बयलगाढावाला भाषण गरिरहेका ओलीले अहिले धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दै गरेका भन्दै व्यङ्ग्य गरेका हुन् । 

लोकतन्त्र दिवस मनाउँदै गर्दा १२ बुँदे समझदारीको समय याद गर्नुपर्ने डा. भट्टराईको भनाइ छ । उनले लेखेका छन्, 'लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौँ–तत्कालीन माओवादी र ७ दल बीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो !'

डा. भट्टराईले थप लेखेका छन्, 'बयलगाडे महावाणीहरू ओकलिँदै थिए ! शक्ति केन्द्रहरू २–खम्बे नीति फलाक्दै थिए ! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् !'





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १३:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया