२६१९ संक्रमित थपिए, १४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ४८६ संक्रमित थपिएका छन् ।

याे पिसिआर परीक्षणबाट आएकाे नतिजा हाे । एन्टिजेन परीक्षणमा थप १३३ जनामा काेराेना पुष्टि  भएकाे छ ।

योसँगै कुल दुई लाख ९७ हजार ८७ जना कोरोना संक्रमित पुगेका छन् । हाल १६ हजार आठ सय २८ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । 

यस अवधिमा ३६८ जना निको भएर फर्केका छन् । योसँगै कुल दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् । 





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १७:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया