कर्णालीमा १५६ जनाको परीक्षण गर्दा १२६ संक्रमित

कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमित दिन–प्रतिदिन बढिरहेका छन् । 

पछिल्लो २४ घण्टामा १ सय ५६ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार संक्रमितमध्ये सुर्खेतका १ सय ७, दैलेखका ३, सल्यानका ३, जुम्ला २, कालिकोट २, जाजरकोट १, डोल्पा १ र अन्य प्रदेशका सातजना रहेका छन् । 

प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८२ जना पुरुष र ४४ जना महिलामा संक्रमण पुष्टि भएको हो । 

योसँगै कर्णालीमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ९४ पुगेको छ । हालसम्म ९८ हजार ७ सय ९२ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । 

कुल संक्रमितमध्ये हालसम्म ७ हजार ४ सय ८४ जना संक्रमित उपचारपछि निको भइसकेका छन् । हालसम्म ३४ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार ४ सय ११ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् । 

कोरोनाको लक्षण देखिएका बिरामीको परीक्षण गरिएकोमा ७०  देखि ९० प्रतिशतसम्ममा संक्रमण देखिरहेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
 





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १९:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया