९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द भएको छ । अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

पिसिआर परीक्षणका क्रममा अस्पतालमा कार्यरत ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले सेवा बन्द गरेको हो । पिसिआर परीक्षण गर्दा अस्पतालका डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ ।

अस्पतालले सूचना निकालेर आज आइतबारदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेकका सबै सेवा बन्द गर्ने जानकारी गराएको छ । जसबाट बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । 

पछिल्लो समय बाँके कोरोनाको हटस्पट बनेको छ । संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी चपेटामा परेको बाँकेको नेपालगञ्जमा स्थिति अझ जटिल देखिएको छ । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार ११:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया