२४ फागुन, २०८२ आइतबार
March 8, 2026

ओलीवीरूद्ध नेपाल समूहको रिटको सुनुवाइ प्रकाश ढुंगानाको इजलासमा

आफूहरुमाथि कारबाही रोक्न मागसहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुने भएको छ।

नेकपा एमालेले निलम्बनमा गरेपछि नेताहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलसहित २७ जना सांसदहरुले पद खारेजी प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।



नेपाल समूहले अध्यक्ष ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेका थिए। पार्टी अध्यक्ष ओलीले आफूहरुलाई सांसद पदबाट हटाउन सक्ने भन्दै नेकपा एमालेको नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका हुन्।

उनीहरुले एमाले पुन:स्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।
 





  • प्रकाशित मिति : १२ वैशाख, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया