कर्णालीमा थप २८ जनामा कोरोना

पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन् । 

योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २ सय ८६ पुगेको छ । उक्त विधिबाट हाल सम्म ५ हजार ७ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ । 

हालसम्म आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा संक्रमित हुनेको संख्या ७ हजार ९ सय ९४ पुगेको छ । 

तीमध्ये ७ हजार ५ सय १४ जना उपचारपछि निको भइसकेका छन् भने ४ सयजना संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा छन् । 

पछिल्लो २४ घण्टामा ३० जना संक्रमित उपचारपछि निको भएका छन् । कुल कोरोना संक्रमितमध्ये हालसम्म ३४ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १७:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया