वैशाख महिनाभर विराटनगरका शैक्षिक संस्था बन्द

कोरोना महामारी फैलिएपछि विराटनगर महानगरपालिकाले वैशाख महिनाभर सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

विराटनगरमा एक सातायता दैनिक रूपमा ५० जनाभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदै आएको छ । आइतबार प्रदेश १ मा कोरोना पुष्टि भएका १२२ जनामध्ये ८४ जना विराटनगर महानगरपालिकाभित्रका छन् ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रूपमा हुने विद्यालयको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो । विराटनगरमा केही विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना सङ्क्रमण भएको छ । 

पूर्व निर्धारित परीक्षा तथा पठनपाठन २०७८ वैशाख मसान्तसम्मका लागि स्थगित गरिएको महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिएका छन् । 

सूचना विपरीत विद्यालयहरू सञ्चालन भए कारबाही गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार २०:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया