कँडेलको आक्रोश : फ्लोर क्रस गर्ने भगौडालाई जनताले सजाय दिनेछन्

नेकपा एमाले कर्णालीका संसदीय दलका नेता एवं कर्णाली प्रदेशसभा सांसद यामलाल कँडेलले फ्लोर क्रस गरेर सांसदलाई भगौडा भनेका छन् । प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकको आफ्नो धारणा राख्दै कँडेलले भगौडालाई जनताले सजाय दिने बताए । 

‘फ्लोर क्रस गरेर मन्त्री पुरस्कार पाएका भगौडालाई जनताले चिनिसकेका छन्,’ उनले भने, ‘जनताले अवश्य पनि सजाय दिनेछन् ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उनले भगौडा सांसदलाई मन्त्री बनाउने भगौडाको कमान्डर भएको बताए । 

यसअघि सर्वोच्चले एमाले र माओवादीलाई एउटै अवस्थामा फर्काइदिएपछि एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत मागेका थिए । 

जसमा एमालेको माधव नेपाल समूहका ४ जना सांसदले पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएका थिए । योसँगै कर्णालीमा माओवादी नेतृत्वको सरकार बचेको छ । 

हाल फ्लोर क्रस गर्नेमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना शाही नेतृत्वको सरकारका मन्त्री भइसकेका छन् । अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री भइसकेका हुन् । चारैजना सांसदलाई एमालेले सांसद पद समेत नरहने गरी कारबाही गरिसकेको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १६:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया