उपत्यकामा बिहीबारबाट अत्यावश्यकबाहेकका सेवा बन्द (विज्ञप्तिसहित)

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार साँझ एक आदेश जारी गरी बिहीबार बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति–संघ संस्था, पेशाकर्मी, व्यवसायी तथा आमनागरिकको कर्तव्य हुने र यो आदेशको उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने समेत विज्ञप्तिमा जनाइएको छ । 

निषेध गरिएका क्षेत्रहरुमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरन्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि छन् । 

विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न आदेश जारी गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १९:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया