स्वतन्त्र सांसदको स्थान दिन माग गर्दै दीपक मनाङेले दिए संसद सचिवालयमा निवेदन

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा एमालेको साथ छाडेका छन् । मनाङबाट स्वतन्त्र सांसद बनेका उनले निर्वाचन जितेपछि एमालेलाई साथ दिँदै आएका थिए । 

सोमबारको प्रदेश सभा बैठकमा सत्तारुढ दलको रोमा बसेका उनले विशेष अधिवेशनमा आफूलाई स्वतन्त्र सांसदका रुपमा स्थान दिन माग गरेका छन् । 

संसद सचिवालयमा उनले स्वतन्त्र सांसदको हैसियतमा छुट्टै स्थान दिन माग गर्दै निवेदन दिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सांसद मनाङेले मुख्यमन्त्रीलाई साथ दिने धेरैको आकलन थियो । 





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १९:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया