कर्णालीमा थप १०३ जनामा कोरोना पुष्टि, ४८९ सक्रिय संक्रमित

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट ८९ जनाको कोरोना परीक्षणमा ६८ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये सुर्खेतका ६०, दैलेखका २, जुम्लाका १, जाजरकोटका १, कालिकोटका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । 

त्यसैगरी, र्यापिड एन्टिजेन विधिबाट १ सय १० जनाको परीक्षण गरिएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेखका ११, जाजरकोटका १३, रुकुमपश्चिमका ९ र कालिकोटका २ जना रहेका छन् । 

यससँगै आरटी पिसिआर विधिबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ६२ पुगेको छ भने एन्टिजेन विधिबाट ३ सय २१ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमित उपचारपछि निको भएका छन् । 

कुल संक्रमितमध्ये हालसम्म ३४ जनाको मृत्यु भएको छ । हाल सुर्खेतमा मात्रै ३ सय ६६ जना संक्रिय संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् । 

यस्तै, दैलेखमा ४१, जाजरकोटमा १६, सल्यानमा ६६ गरी प्रदेशभर जम्मा ४ सय ८९ जना सक्रिय संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १९:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया