पीसीआर परीक्षणमा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

पीसीआर परीक्षण गर्दा क्रममा निजी मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिने गरेको भन्दै त्यस्तो काम तत्काल रोक्न  स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर निजी प्रयोगशालाले तोकिएको परीक्षण शुल्क २००० भन्दा बढी लिने गरेको गुनासो आएको जनाएको हो। त्यो कामलाई तत्काल नरोके त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ।

मन्त्रालयका एचइओसी प्रमुख डा. समीर कुमार अधिकारीले विज्ञप्तिमा निकालेर यस्तो चेतावनी दिएका हुन्। अहिले सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि १००० रुपैयाँ र निजी प्रयोगशालाको लागि २००० रुपैयाँ शुल्क तोकेको छ। तर निजी प्रयोगशालाले ३००० रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ।
 





  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १८:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया