logo-img

आइपिएल क्रिकेट : शीर्ष स्थानमा बैंग्लोर, दिल्लीमाथि रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले रोमाञ्चक जित निकालेको छ । बैंग्लोरले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन मात्रै बनाएपछि बैंग्लोरले १ रनको जित निकालेको हो । 



दिल्लीका कप्तान ऋषभ पन्त ४८ बलमा ६ चौका प्रहार गर्दै ५८ रनमा अविजित रहे । शिम्रन हेटमायरले २५ बलमा २ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् । 

बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र काइल जामिसनले १–१ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । बैंग्लोरका एबी डिभिलियर्स ४२ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाउँदै अविजित रहे । 

दिल्लीका ईशान्त शर्मा, अमित मिश्रा, अक्षर पटेल, आवेश खान र कागिसो रबाडाले १–१ विकेट लिए ।



रोमाञ्चक जितसँगै बैंग्लोर ६ खेलबाट ५ जित र १ हारसहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ५ खेलमा ४ जित र १ हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । 

दिल्ली ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक भएपनि नेट रन रेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ जित र २ हारसहित चौथो स्थानमा छ । 



  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार ८:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया