बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छ्न् । पौडेलले चार मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
जसअनुसार सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री, केशव पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेस नेपाललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
काभ्रेका सांसद चन्द्र लामाको मन्त्रीमा र हेटौंडाकी जुनेली श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्ने चर्चा भए पनि उनीहरु मन्त्रिमण्डलमा परेनन् ।
नवनियुक्त चारै मन्त्रीले आजै ४ बजे सपथ लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।