च्याम्पियन्स लिग फुटबल : पिएसजी म्यानचेस्टर सिटीसँग घरमै पराजित

च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मन, पिएसजी पराजित भएको छ । पिएसजी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग पराजित भएको हो । 

दोस्रो सेमिफाइनल अन्तर्गत गएराति भएको पहिलो लेगमा सिटीले पिएसजीमाथि २–१ गोल अन्तरको जित निकाल्यो । पिएसजीको घरमै सिटीले उसलाई हराएको हो । 

घरेलु मैदानमा फ्रान्सेली पिएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो । खेलको १५औँ मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत पिएसजीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा केभिन डी ब्रुइनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४औँ मिनेटमा ब्रुइनले सिटीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् । 

खेलको ७७औँ मिनेटमा पिएसजीका गना गयुये रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । खराब ट्याकल गरेको भन्दै रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

सिटीविरुद्धको खेलमा पिएसजीका लागि च्याम्पियन्स लिगका पछिल्ला ५ खेलमा ८ गोल गरेका केलियन एम्बाप्पे फिक्का देखिए । उनको एउटा पनि प्रहारले पोस्टको दिशा पाउन सकेन । 





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ६:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया