दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान रोकियो
फाइल तस्बिर

दोस्रो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । आजदेखि दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो डोल लगाउने कार्य रोकिएको हो । 

नेपाल सरकारको निर्णयअनुसार कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । 

पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा चिनियाँ खोप भेरोसेलको पहिलो डोज र कोभिसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन भइरहेको थियो । यसबीचमा कोरोनाको दोस्रो लहर फैलिएपछि काठमाडौंमा आजदेखि निषेधाज्ञा लागु भएको छ । 

निषेधाज्ञा लागु भएसँगै खोप कार्यक्रम पनि रोकिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित भएको जनाएको छ । तर, स्थगित गर्नुको कारण भने उल्लेख छैन । 





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ८:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया