कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्नका लागि सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ ।
आज बिहानदेखि काठमाडौंमा निषेधाज्ञा सुरु भएको छ ।
निषेधाज्ञाको समयमा प्रहरी चेकजाँच कडा बनाइएको छ । काठमाडौंको चोक चोकमा सशस्त्र र नेपाल प्रहरीसहितको सुरक्षा टोलीले चेकजाँच गरिरहेको छ ।
सडकमा सवारी चाप निकै कम देखिएको छ । तर बैङ्क तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री ढुवानी तथा विभिन्न पास लिएका सवारीसाधन सञ्चालनमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।