काठमाडौंमा मात्रै ११ हजार सक्रिय संक्रमित, १२ जिल्लामा ५ सयभन्दा धेरै
निको हुने दर ह्‍वात्तै घटेर ८८ प्रतिशतमा झर्‍यो

कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा बढिरहेका बेला एक सातामै सक्रिय संक्रमितको संख्या पनि चुलिएको छ। सक्रिय संक्रमितको संख्या २ प्रतिशतभन्दा बढीको दरले उकालो लाग्दा काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ११ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ११ हजार १ सय ८५ पुगेको छ। त्यसपछि बाँकेमा सक्रिय संक्रमितको संख्या ३६ सय ३५ रहेको छ।

उपत्यकाकै ललितपुरमा पनि सक्रिय संक्रमित २२ सय ३ पुगेका छन्। भक्तपुरमा सक्रिय संक्रमित १२ सय १० छन्। उता दाङमा पनि सक्रिय संक्रमित ११ सय ३६ पुगेका छन्। 

कैलालीमा सक्रिय संक्रमित ९ सय ६५ पुगेका छन्। लुम्बिनीको राजधानी रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या २६ सय ३१ पुगेको छ। प्रदेश १ को मोरङमा सक्रिय संक्रमित ९ सय ८४ पुगेका छन्। 

उता चितवनमा सक्रिय संक्रमित ८ सय १९ पुग्दा पर्सामा पनि बढेर ९ सय ७६ पुगेका छन्। गण्डकीको राजधानी कास्कीमा पनि सक्रिय संक्रमित हजार नजिक पुग्न लागेका छन्। त्यहाँ सक्रिय संक्रमितको संख्या ९९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उता कर्णालीको राजधानी सुर्खेतमा पनि सक्रिय संक्रमित ६ सय ८५ रहेका छन्। 

मन्त्रालयका अुनसार ५ सयमाथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन्। सक्रिय संक्रमित ह्वात्तै बढिरहँदा निको हुने दर पनि घटेर ८८.२ प्रतिशतमा झरेको छ। 





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १७:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया