दीपक मनाङेले दौरासुरुवालमा सपथ लिए, भने : म मन्त्री भएँ, अब युवा विदेश जानुपर्दैन

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त भएका दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्। गण्डकी प्रदेशको सामाजिक विकास तथा खेलकुद मन्त्रीमा नवनियुक्त राजीव गुरुङ  उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्। मन्त्री गुरुङ स्वतन्त्र सांसद थिए। सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति थियो। तर सभामुख नेत्रनाथ अधिकारी अनुपस्थित भए।

उनले शपथग्रहणअघि पत्रकारहरुसँग बोल्दै आफू मन्त्री भएकाले अब युवाहरु विदेश जानु नपर्ने बताएका छन्। आफूसँग मन्त्रालय सम्हाल्ने भिजन भएकाले अब युवाहरु विदेश जान नपर्ने उनले बताएका हुन् ।

‘मसँग केही भिजन छन् । मलाई यसको  राम्रो ज्ञान छ', उनले भने, 'अब युवाहरु विदेश जानुपर्दैन।’ मनाङेले मुख्यमन्त्री गुरुङले आफूलाई मन्त्रीका लागि दौरा सुरुवाल सिलाउन भनेको पनि बताए। त्यसपछि मात्रै आफू मन्त्री बन्‍न लागेको थाहा पाएको पनि उनले बताए। 'मुख्य मन्त्रीज्यूले दौरा सुरुवाल सिलाउन जा भन्‍नु भएको थियो', उनले सुनाए, 'उहाँले त्यसो भनेपछि म मन्त्री बन्‍न लागेको थाहा पाएँ।'





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया