हावाहुरीले रूखको हाँगा भाँचिदा ६८ वर्षीया महिलाको मृत्यु

घर नजिकको बारीमा स्याउला संकलन गर्न गएको बेला रूखको हाँगा भाँचिँदा दैलेखमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ तलिगाउँ निवासी जौमती जैसीको बिहीबार साँझ मृत्यु भएको हो । 

‘स्याउलाको भारी बोक्नै लाग्दा अचानक शिरीषको हाँगो बजारिएछ’, चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ का वडाअध्यक्ष नारायण रेग्मीले भने ,‘हाँगोले चोट लागेपछि उहाँको घटनास्थलमै मृत्यु भयो ।’ उनका अनुसार त्यो समय अत्यधिक हावाहुरी चलेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको नगर प्रहरी कार्यालय जम्बुकाँधले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १२:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया