कोरोनाको दोस्रो वेभः यी लक्षण देखिँदा नगर्नुस् लापरवाही

छिमेकी देश भारत र नेपालमा पनि कोरोनाभाइरसको दोस्रो वेभका कारण निकै धेरै समस्या देखिन थालेको छ । भारतमा त दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड बन्न थालेको छ । 

नेपालमा पनि कोरोनाको जोखिम थप बढ्दै गएको छ । 

यहीबीच यसपटकको कोरोना संक्रमण थप समस्याग्रस्त हुने बताउन थालिएको छ । 

फेरि अहिले मौसम परिवर्तनका कारण ज्वरो तथा खोकीको समस्या पनि धेरै देखिन थालेको छ । कोरोनाको यो दोस्रो वेभमा के लक्षण देखिए विशेष सतर्कता अपनाउने त ? अनि कहिले गर्ने कोरोना परीक्षण ?

अहिलेको कोरोनाका कारण सबैभन्दा पहिले श्वासप्रश्वासमा समस्या देखिने बताइएको छ । त्यसपछि विस्तारै घाँटीमा समस्या देखिने र ज्वरो आउने बताइएको छ । त्यसैले पाँच दिनसम्म ज्वरो आएमा र शरीरमा थकान त्यही अनुसार रहेमा कोरोना भएको अनुमान गर्न सकिन्छ । अनि यही समयमा उपचार प्रक्रिया सुरु गरे ठिक हुने बताइएको छ ।

त्यसैले सामान्य लक्षण देखिएको केही दिनमा नै कोरोना परीक्षण गराउनुभन्दा केही दिन कुरेर र आफूलाई आइसोलेसनमा राखेर अगाडि बढ्नु पर्छ भन्ने वैज्ञानिकहरुले बताएका छन् । सुरुमा कोरोना टेस्ट गर्दा त्यसको परीक्षण नेगेटिभ आउन सक्ने पनि चेतावनी दिन थालिएको छ।





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १५:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया