सरकारले भन्याे : अस्पतालमा शय्या खाली छैन, आफ्नाे ज्यान आफैँ बचाउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण अत्याधिक बढेकाले स्वास्थ्य प्रणालीले थेग्न नसकेको बताउँदै अस्पतालमा उपचार गराउन नसकिने भन्दै आफ्नो ख्याल आफै गर्न जनतालाई अपिल गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणका रोकथाम र जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको हो । 

काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु लगायतका जिल्लामा डरलाग्दो तरिकाले संक्रमण फैलिरहेकाले आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नका लागि सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाइका साथ पालना गर्न अनुरोध गरेका छन्। 

यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नराउनुहुन पनि अपील गरिएको छ।



‘सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध गर्छौँ।’



  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १७:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया