कोशी कोभिड अस्पतालको क्षमता विस्तार
फरकधार / १७ बैशाख, २०७८

विराटनगरमा सञ्चालनमा रहेको कोशी कोभिड अस्पतालको क्षमता विस्तार भएको छ । कोशी कोभिड अस्पतालसँगै रहेको नेशनल ट्रेडिङको गोदाममा संरचना निर्माण गरी प्रदेश सरकार र नागरिक समाजको समन्वयमा थप बेड क्षमता विस्तार गरिएको हो ।

नागरिक समाजसँगको सहकार्यमा निर्माण भएको कोभिड केयर सेन्टरमा ८३ वटा अक्सिजन बेड र २८ वटा भेन्टिलेटर रहेका छन् । यस अघि नेसनल ट्रेडिङको दुई तले भवनमा ८० बेडको रहे पनि अक्सिजन सहितका ३२ बेड मात्रै सञ्चालनमा थियो । थपिएको सेवासँगै अक्सिजन सहितको बेड संख्या  १३२ पुगेको छ ।

यसै गरी भेन्टिलेटर २८ र नर्मल बेड ४८ सहित कोशी कोभिड–१९ उपचार केन्द्रमा अब २०८ बेड बनाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेवा विस्तारसँगै सुविधासम्पन्न अस्पतालमा कुनै खालको समस्या नहुने सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १८:५२:२०,   अन्तिम अपडेट : बैशाख १७, २०७८ शुक्रबार १८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया