निषेधाज्ञामा सरकारी कार्यालयको दुरुपयोग : नापी प्रमुखकी बहिनीको बिहे कार्यालयमै

सामान्यतया सरकारी कार्यालयमा सेवाग्राहीको भिड लागेको हुन्छ । तर, शुक्रबार नापी कार्यालय कैलालीमा फरक दृश्य देखियो । नापी कार्यालय नै विवाहका लागि झकिझकाउ भएको देख्दा धेरै अचम्मित भए।

कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको हो। नापीका कार्यालय सहयोगीका अनुसार प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीकी बहिनीको विवाह कार्यालयमै आयोजना गरिएको हो। उनले भने, ‘कैलाली प्रशासनको अनुमतिबाट नै विवाह कार्यक्रम आयोजना गरिएको हो ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित सूचना नआएको बताउँदै आफूले निषेधाज्ञामा बिहेका लागि कार्यालयमा अनुमति पनि नदिएको बताए।

उनले भने, ‘कार्यालयका हाकिमको आफ्नै घर नभएकाले बहिनीको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर, आधिकारिक रूपमा प्रशासनले अनुमति भने दिएको छैन।’





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १९:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया