प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लिनुस्

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले महामारी नियन्त्रणमा सरकारले ध्यान नदिनु आपत्तिजनक भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारको ध्यान अहिले महामारी नियन्त्रणमा हुनुपर्ने बताए । 

थापाले लेखेका छन्, 'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ ।'

थापाले थप लेखेका छन्, 'तर, प्रधानमन्त्री ज्यू यो लडाईँमा ’हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ !'

थापाले अझैपनि महामारी नियन्त्रणका लागि हामीसँग स्रोत र साधन भएको भन्दै त्यसका लागि सरकार तयार हुनुपर्ने बताए । उनले महामारी नियन्त्रणमा आफूहरु सरकारको साथमा रहेको पनि बताए । 

थापाले लेखेका छन्, 'कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।'



उनले थपेका छन्, 'प्रधानमन्त्री ज्यू, हामी साथ दिन तयार छौँ । कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।'



  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ९:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया